सुचना१
newa srijana

स्व. छन्त्यालको सहयोगार्थ १२ लाख रुपैयाँ संकलन

कोरिया  । लोकप्रिय लोकदोहोरी गायक स्व.केहर सिहं छन्त्यालको सम्झनामा उनको परिवारका लागि करिब १२ लाख रुपैयाँ सहयोग संकलन भएको छ ।

काम गर्ने क्रममा कम्पनी दुर्घटना परिे असामयिक निधनपछि दक्षीण कोरियामा रहेका नेपालीहरूले व्यक्तिगत रुपमा सहयोग अभियानहरू सञ्चालन गरी उक्त रकम संकलन गरेका हुन् । रोजगारीको शिलशिलामा उनी कोरिया आएका ८ वर्ष मात्र पुरा भएको थियो । गत अक्टोबर २५ मा कम्पनीमा काम गर्ने क्रममा फोर्कलिफ्ट दुर्घटनामा दुखद निधन भएको थियो ।

रकम संकलनका संयोजक रवि खवासका अनुसार मृतक छन्त्यालको परिवारलाइ मंगलबार संकलित रकम परिवारको दैनिक खर्च र सन्तानको शिक्षामा प्रयोगका निम्ती हस्तान्तरण गरिएको बताए ।

यस सहयोग अभियानमा कोरियामा रहेका स्व. छन्त्याल निकट व्यक्तित्वहरु नरेन गुरुङ, बिनोद पारियार, सुनिल गुरुङ, जिवन जिसि, सुमन गुरुङ, केदार अधिकार, रुबि लिम्बु, निरुता गुरुङ, प्रमोद गुरुङ लगायत कोरियामा रहेका नेपाली समुदाय, कलाकार तथा शुभेच्छुकहरूले सक्रिय सहभागिता देखाएका थिए ।

छन्त्यालले आफ्नो छोटो जीवनमै ‘शिरफुल माया, यानीमाया, जस्ता दर्जनौं चर्चित गीतमार्फत नेपाली लोकदोहोरी संगीतमा विशेष योगदान दिएका थिए ।

उनको असामयिक निधनले सम्पूर्ण नेपाली संगीत क्षेत्र शोकाकुल बनेको छ ।

Sadak 1
पुल सेन्टर