newa srijana

पोखरामा पहिलोपटक राष्ट्रिय अटोक्रस च्याम्पियनसिप हुँदै

पोखरा । पोखरामा पहिलो पटक राष्ट्रिय अटोक्रस च्याम्पियनसिप आयोजना हुने भएको छ। नेपाल अटोमोबाइल्स एशोसिएसन (नासा) गण्डकीका अनुसार पोखरा–२३ पामेमा हुने प्रतियोगितामा दुई फरक सिसी क्षमताका गरी २४ कार प्रतिस्पर्धामा उतारिनेछन्।

नासाले पोखरा महानगरपालिकाको प्रवद्र्धनमा आयोजना गर्न लागेको यो च्याम्पियनसिपका लागि ८ सयदेखि १ हजार मिटर लम्बाइको रेसिङ कोर्स निर्माण सुरु गरिएको छ। नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठले कोर्स छोटो भए पनि प्राविधिक जटिलता, मोड–घुम्ती र जम्पले चालकको सीप र प्रतिक्रिया क्षमताको स्पष्ट परीक्षण गर्ने वातावरण तयार भएको बताए।

सिटीजन फनिच्रर

दुई हजार सिसीभन्दा कम र दुई हजार सिसीभन्दा माथिका गरी दुवै वर्गमा १२–१२ कार सहभागी हुनेछन्। टाइम–अट्याक शैलीमा सञ्चालन हुने प्रतियोगितामा निर्धारित कोर्स सबैभन्दा कम समयमा पूरा गर्ने रेसर विजेता घोषित गरिने नासाले जनाएको छ।

Mountain run pokhara click

आयोजकले सातै प्रदेशबाट रेसर आउने दाबी गर्दै च्याम्पियनसिपले पोखरामा साहसिक खेलमार्फत पर्यटन प्रवद्र्धन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

यसअघि काठमाडौंमा हुँदै आएको अटोक्रस प्रतियोगिता मोफसलमा पहिलोपटक आयोजना हुन लागेको हो। च्याम्पियनसिपलाई फेडेरेशन इन्टरनेशनल डी अटोमोबाइल (FIA) ले मान्यता प्रदान गरेको नासाले जनाएको छ।

Rabin photo