सुचना१
newa srijana

स्पेनमा क्योकुशिन कान कराँतेमा असोक लामा रुम्बा पुनः प्रमुख रेफ्री

पोखरा । युरोपेली मुलुक स्पेनमा सम्पन्न ११ औँ निन्टाइन कप क्योकुशिन कान कराँते प्रतियोगिता २०२५ मा नेपाली क्योकुशिन कान कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रशिक्षक एवं रेफ्री असोक लामा रुम्बाले पुनः प्रमुख रेफ्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको छ।

यही डिसेम्बर १२ र १३ (मंसिर २६ र २७) मा आयोजित उक्त प्रतियोगितामा स्पेन, जापान, कोरिया लगायत १८ देशका खेलाडीहरूको सहभागिता रहेको थियो । यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली रेफ्रीलाई प्रमुख रेफ्रीको जिम्मेवारी दिइनु नेपाली खेलकुदका लागि गौरवको विषय भएको रुम्बाले बताउनुभयो।

Pokhara महोत्सव

विदेशी भूमिमा रहेर पनि खेलका नियम र मर्यादाभित्र रहेर निष्पक्ष रूपमा रेफ्रीको भूमिका निर्वाह गर्दै नेपाली नाम अन्तर्राष्ट्रिय मञ्चमा उच्च राख्न पाएकोमा आफूलाई गर्व लागेको उहाँको भनाइ छ । “१८ देशका खेलाडी सहभागी प्रतियोगितामा प्रमुख रेफ्रीको जिम्मेवारी पाउनु सम्पूर्ण नेपालीका लागि खुशीको कुरा हो,” रुम्बाले भन्नुभयो।

यसअघि पनि रुम्बाले गत वर्ष सोही प्रतियोगिताको १०औँ संस्करणमा प्रमुख रेफ्रीको भूमिका निर्वाह गर्दै नेपालको खेलकुद इतिहासमा नयाँ उपलब्धि थप्नुभएको थियो । नेपाल शिन क्योकुशिन कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहनुभएका रुम्बाले आफ्नो कुशलता, अनुशासन र मेहनतका कारण अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर विश्वास जित्दै आउनुभएको छ । रेफ्रीका रूपमा रुम्बाको निष्पक्ष र प्रभावकारी प्रदर्शनले आयोजक समिति तथा दर्शकहरूको प्रशंसा गर्नु भएको थियो । सोही कारण आयोजकले यस वर्ष पनि उहाँलाई प्रमुख रेफ्रीको जिम्मेवारी सुम्पिएको जनाइएको छ ।

पुल सेन्टर
वडा नं २६