सुचना१
newa srijana

सडक महोत्सव पुस १५ मा स्वप्न सुमन र केहर एण्ड द लुङ्गागाको प्रस्तुति

पोखरा । पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा पनि गुञ्जिने भएका छन् ।

रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यू ईयर ईभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १५ गते स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाईभ व्याण्ड प्रस्तुती दिने आयोजक अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।

पुस १५ गते दिउँसो तमु (गुरुङ) समुदायको ल्होसार कार्यक्रम हुनेछ भने त्यसपछि अपराह्न ४ बजेदेखि स्वप्न सुमन र केहरको कार्यक्रम शुरु हुने उनले बताए । लाईभ व्याण्ड प्रस्तुती हुने सो कार्यक्रममा अहिलेका लोकप्रिय कलाकार स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् ।

सो दिन चक्र व्याण्ड पनि ब्लाष्ट हुनेछ । सो दिन दिउँसो भने प्रिती आले, देउराली व्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुती रहनेछ भने दीवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए ।

सडक महोत्सव

त्यस्तै, केहर एण्ड द लुङ्गाले पनि लाईभ व्याण्ड प्रस्तुतीमार्फत सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतहरु गुञ्जाउने छन् । यी दुबै व्याण्डका गीतहरु अहिले भाईरल छन् । जसले गर्दा पोखरेली दर्शकको रोजाई बन्ने अपेक्षा गरिएको सञ्चालक गुरुङले बताए ।

यस वर्षको हिट्स अफ नाईन्टिजमा न्यू ईयर ईभको दिन पुस १६ गते बेलुकादेखि मध्यरातसम्म चल्ने कार्यक्रमको मुख्य आकर्षणका रुपमा एक्स नेपथ्य रहनेछ । तीन दशकपछि पोखरामा गुञ्जिने सो व्याण्डका स्थापनाकालीन गायकहरु गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् ।

जहाँ रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु प्रस्तुत गर्दैछन् । त्यस्तै, गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित प्रस्तुत गर्नेछन् ।

अल टेक नेपालको आयोजनामा हुने पोखरा सांगीतिक उत्सव अन्तर्गत हुने हिट्स अफ नाईन्टिजको न्यू ईयर ईभमा एक्स नेपथ्यसँगै डि–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाईभ व्याण्ड प्रस्तुती दिनेछन् । सो दिन अहिलेकी भाईरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माको विशेष प्रस्तुती रहनेछ । न्यू ईयर ईभलाई स्पेसल बनाउन उनले अहिलेको भाइरल छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुती दिनेछिन् ।

त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुल्ला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि बिजेता तथा उपबिजेताहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।

पुल सेन्टर
वडा नं २६