newa srijana

ढाई क्विन्टल चुत्रो जडीबुटी ओसारपसार गर्दा कारोबारी पक्राउ

पोखरा । वडा प्रहरी कार्यालय वालिङले अवैध रूपमा चुत्रो जडीबुटी संकलन गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

भीरकोट नगरपालिका–९ सिर्कोटबाट प्रहरीले स्थानीय ३१ वर्षीय आनन्द बहादुर सार्कीलाई नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनको साथबाट अन्दाजी २५० केजी चुत्रो जडीबुटी बरामद गरेको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिए।

World link net

चुत्रो जडीबुटी अवैध रूपमा संकलन गरी सञ्चय गरेको सूचनाका आधारमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। संकलन गरिएको जडीबुटी संरक्षित प्रजातिअन्तर्गत पर्ने भएकाले कानुनी रूपमा संकलन गर्न नपाइने प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका सार्कीसहित बरामद जडीबुटी थप अनुसन्धान र कानुनी कारबाहीका लागि सब डिभिजन वन कार्यालयमा बुझाएको छ। वन कार्यालयले आवश्यक कारबाही अघि बढाउने जनाएको छ।

सिटीजन फनिच्रर