सुचना१
newa srijana

कास्कीमा एक वर्षमा अनलाइनबाट १९ करोड ठगी, सचेत हुन प्रहरीको अनुरोध

पोखरा । कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले पछिल्लो सयममा अनलाइन ठगिका घट्ना भयाभह रुपमा बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्कीमा एक वर्षमा अनलाइनबाट १९ करोड रुपैया ठगि भएको बताए ।

उनले अनलाइन ठगिलाई रोक्नका लागि प्रहरी, सामुदायीक प्रहरी र स्थानीय लाग्नु पर्ने बताए । अनलाइन ठगिमा जाने बुझे कै व्यक्ति ठगिएको बताउदै त्यसलाई रोक्नका लागि सबै सचेत हुनु पर्ने बताए । एउटै व्यक्ति अनलाइन मार्फत १ करोड २१ लाख सम्म ठगिएको उजुरी आएको उनले सुनाए ।

घर छेउको छिमेकीलाई सापटी नदिनेहरु चिन्दै नचिनेका व्यक्तिलाई लाखै रुपैया दिने गरेको एपपी कार्कीको भनाई छ । जान्ने मानिसहरु नै प्रलोभनमा परेर फस्ने गरेको उनको भनाई छ । एसपी कार्कीले लेकसाइड क्षेत्रमा सवारी साधनका कारण धेरै जाम हुन थालेको बताए । त्यसको निराकरणका लागि पर्यटन व्यवसायी, प्रहरी र सामुदायीक प्रहरीले छलफल गरेर अगाडी बढ्नु पर्ने बताए ।

Pokhara महोत्सव

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले फेवाताल संरक्षणका लागि वडा कार्यालय लागेको बताए । उनले फेवातालमा पुरिएको माटो झिक्ने काम अगाडी बढेको बताउदै विकास निमार्णमा कतिपय व्यक्तिले मुद्धा मामिला गरे काम रोक्ने गरेको बताए । त्यसले गर्दा विकासका काम अगाडी बढ्न ढिलाइ हुने गरेको बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सामुदायीक प्रहरी सेवा केन्द्रकी अध्यक्ष कुमारी मुना बास्तोला, वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेल, महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बबिता मल्ल लगाएतले शुभकामना दिए । उनीहरुले फेवाताल संरक्षणका लागि सबै एक जुट भएर आगडी बढ्नु पर्ने बताए । फेवातालको सिरानको सिमसार क्षेत्र पुर्नेलाई रोक लगाउनु पर्ने बताए ।

साधारणसभामा सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाका अध्यक्ष ठाकुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनिल थापाले स्वागत, सचिब शान्ता तिमिल्सिनाको महासचिबको प्रतिबेदन, कोषध्यक्ष निर्मला थापाको कोषाध्यक्षको प्रतिबेदन पारिद गरेको छ ।

पुल सेन्टर
वडा नं २६