सुचना१
newa srijana

टान गण्डकी द्धारा मैदान न्यूजका उप सम्पादक ढकाल सहित पोखराका दुई पत्रकार सम्मानीत

पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले मैदान न्यूजका उप सम्पादक सागर ढकाल सहित दुई पत्रकार सम्मानीत गरेको छ ।

आईतबार पोखरामा भएको टान गण्डकीको ३२ औँ साधारण सभाको अवसरमा पोखरामा रहेर सक्रिय पत्रकारीता गर्ने सगरमाथा टेलिभिजनका पोखरा प्रतिनिधि समेत रहेका ढकाल सहित हिमालय टेलिभिजनका विमल तिवारी र न्युज २४ टेलिभिजनका सुमन ढुङ्गानालाई सम्मान गरेको हो ।

Pokhara महोत्सव
न्यूज 24 का गण्डकी ब्युरो प्रमुख सुमन ढुंगाना

उनीहरू तिनै जना पर्यटन प्रवद्धनमा उत्कृष्ट योगदान पुर्‍याएको भन्दै नगद पुरस्कारसहित सम्मानित भएका हुन् । सबै पुरस्कृतहरूलाई टान नेपालका अध्यक्ष सागर पाण्डे, टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले नगद १० हजार रुपैयाँ, सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

हिमालय टेलिभिजनका बिमल तिवारी
पुल सेन्टर
वडा नं २६