newa srijana

हिमालय एअरलाइन्सका ५ विशेष उडान: ७६५ नेपाली स्वदेश फिर्ता

दुबईबाट नेपाली नागरिक ल्याउने अभियान जारी, सरकारसँग समन्वय

पोखरा । खाडी क्षेत्रमा उत्पन्न परिस्थितिका कारण दुबईमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन हिमालय एअरलाइन्सले ८ मार्च २०२६ देखि विशेष उडान सञ्चालन सुरु गरेको छ। हालसम्म पाँच विशेष उडानमार्फत ७६५ नेपाली नागरिक स्वदेश फिर्ता भइसकेका छन्।

एअरलाइन्सले नेपाल सरकार, विमानस्थल प्राधिकरण र कूटनीतिक नियोगसँग समन्वय गर्दै यी उडान सञ्चालन गरेको जनाएको छ। नियमित उडानहरूमा आएको अवरोधका कारण यात्रा गर्न नसकेका नागरिकलाई प्राथमिकतामा राखी स्वदेश फर्काउने व्यवस्था मिलाइएको हो।

सिटीजन फनिच्रर

हिमालय एअरलाइन्स काठमाडौँ–दुबई रुटमा दैनिक एक नियमित उडान सञ्चालन गर्दै आएको छ। विशेष उडानहरू सोही रुटमा थप गरी सञ्चालन गरिएका हुन्।

एअरलाइन्सले थप जानकारी र अपडेटका लागि आफ्नो आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल हेर्न आग्रह गरेको छ।

अनिल multipurpose