newa srijana

अपाङ्गता भएका व्यक्तिलाई नरोकी अघि बढेको सवारी साधन कारबाहीमा

पोखरा । बौद्धिक अपाङ्गता भएका एक व्यक्तिलाई सार्वजनिक बसले नरोकी अघि बढेको घटनामा कास्की प्रहरीले सम्बन्धित सवारी साधनलाई कारबाही गरेको छ।

पोखरा महानगरपालिका–३२ लेखनाथका एक बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक सवारी साधन रोक्न खोज्दा बस नरोकी अघि बढेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो।

World link net

उक्त भिडियोमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीले आवश्यक खोजतलास तथा कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई पत्राचार गरेको जनाएको छ।

प्रहरीका अनुसार ग २ ख २२५५ नम्बरको सार्वजनिक बसलाई नियन्त्रणमा लिई आवश्यक ट्राफिक कारबाही तथा जरिवाना गरिएको छ। साथै चालक तथा सम्बन्धित पक्षलाई अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकप्रति विशेष प्राथमिकता र संवेदनशीलता अपनाउन निर्देशन दिइएको छ।

सवारी साधनका प्रतिनिधिले आगामी दिनमा यस्ता व्यक्तिप्रति थप जिम्मेवार र संवेदनशील हुने प्रतिबद्धता जनाएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी सवारी साधन छाडिएको प्रहरीले जनाएको छ।

सिटीजन फनिच्रर