newa srijana

लोक भजन प्रतिष्ठानको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार पोखरामा

पोखरा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशले आफ्नो तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन असार २० गते पोखरामा आयोजना गर्ने भएको छ।

अधिवेशन खुला र बन्द सत्र गरी दुई चरणमा सञ्चालन हुनेछ। उद्घाटनअघि निकालिने सांस्कृतिक र्‍यालीमा पञ्चेबाजा, भजन समूह, महिला समूह तथा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिको सहभागिता रहने प्रतिष्ठानले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ।

सिटीजन फनिच्रर

यो अधिवेशन प्रतिष्ठानको सांगठनिक विस्तार र लोक भजन संस्कृतिको संरक्षणका लागि महत्वपूर्ण मौका भएको प्रतिष्ठानका प्रदेश अध्यक्ष बसन्त बास्तोलाले बताए। प्रदेशका ११ जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षकहरू यसमा सहभागी हुँदैछन् यो हाम्रा लागि सन्तोषको विषय हो उनले बताए।

वि.सं. २०६७ सालमा स्थापना भएको यस प्रतिष्ठानको गण्डकी प्रदेशमा हाल ५५० जीवन सदस्य र करिब १,००० साधारण सदस्य रहेका छन्। अधिवेशनमा ११ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरी करिब ३०० जना सहभागी हुने अनुमान गरिएको छ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। साथै प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ, भागवत भास्कर पण्डित कमल नयन गौतम, साहित्यकार तिर्थ श्रेष्ठ र समाजसेवी चन्द्रकान्त बरालसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरु विशिष्ट अतिथिका रूपमा सहभागी हुने प्रतिष्ठानका महासचिव लेखनाथ तिवारीले जनाए।

Pokhara learners