newa srijana

विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण

खेलकुद सामग्री पाएपछि सिद्ध बराहका विद्यार्थीमा बढ्यो उत्साह

पोखरा ।

खेलकुद ऊर्जा नेपालले पोखरा महानगरपालिका–२३, ठुलाखेतस्थित सिद्ध बराह माध्यमिक विद्यालयलाई विभिन्न खेलकुद सामग्री हस्तान्तरण गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा फुटबल, भलिबल, बास्केटबल, कोन, ब्याडमिन्टन, स्किपिङ डोरी र भलिबलको जाली लगायत सामग्री हस्तान्तरण गरेको  हो ।

Mountain run pokhara click

खेलकुद ऊर्जा नेपालले नेदरल्यान्डकेा De Kracht van Sport को सहयोग तथा प्रतिनिधिको समन्वयमा पोखराका विभिन्न विद्यालयमा खेलकुद सामग्री वितरण गर्दै आएको छ। विद्यालय तहबाटै खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने र विद्यार्थीमा रहेको खेल प्रतिभा पहिचान तथा विकासमा सहयोग पुर्‍याउने उद्देश्यले अभियान सञ्चालन गरेकाे हो ।

सिटीजन फनिच्रर

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–२३ का अध्यक्ष रामकाजी गुरुङले खेलकुद सामग्री उपलब्ध भएपछि विद्यार्थीलाई नियमित अभ्यास गर्न सहज हुने बताए । विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गरी त्यसलाई विकास गर्ने वातावरण बनाउन यस्ता कार्यक्रम उपयोगी हुने छ । उनले खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई विद्यार्थीको शारीरिक तथा मानसिक विकास, अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमता विकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा पत्रकार इन्द्रप्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक बद्रीनाथ पराजुली, खेलकुद ऊर्जा नेपालका प्रतिनिधि तथा नेदरल्यान्ड्सबाट आएका अतिथि ओस्कार लगायतले खेलकुदको महत्व र विद्यार्थीको प्रतिभा विकासका विषयमा धारणा राखेका थिए ।

विद्यालयका शिक्षक प्रेमप्रसाद पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए भने खेलकुद ऊर्जा नेपालका अध्यक्ष निराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको सहभागिता थियो ।

खेलकुद ऊर्जा नेपालले यसअघि पोखराका विभिन्न विद्यालयमा खेलकुद सामग्री वितरण गरिसकेको छ । संस्थाले आगामी दिनमा थप विद्यालयमा सामग्री उपलब्ध गराउँदै विद्यालयस्तरमा खेलकुद गतिविधिलाई विस्तार गर्ने जनाएको छ ।

विद्यालयले खेलकुद सामग्री प्राप्त भएपछि विद्यार्थीमा उत्साह बढेको जनाएको छ। उपलब्ध सामग्रीले नियमित अभ्यासका लागि सहज वातावरण बन्नुका साथै विद्यालयस्तरबाटै खेल प्रतिभा पहिचान र विकास गर्न सहयोग पुग्ने अपेक्षा गरेकाे छ।

Rabin photo