कास्कीको अन्नपूर्ण गाउँपालिका–९ बाट दुई स्पेनि पर्यटक बेपत्ता

पोखरा
कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गा बाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा दुई स्पेनिस नागरिक इरिक कासानोभास र मोलास जुन्का मेसी सम्पर्क विहीन भएका छन् ।
म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल घोरेपानी पदयात्राका जाने क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले बताउनुभयो ।


भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई वटा झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेकोले पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।

एक्याप विरेठाँटी चेकपोष्टका इन्चार्ज यामबहादुर गुरुङले आइतबार विहान १० बजेर २१ मिनेटमा पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिनु भयो । पुरानो बाटो बाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको थियो ।

पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ , त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् । जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासी सहित खोज्ने क्रममा छहरामा दुई वटा स्टिकर लौरी भेटिएको तर अन्य कुरा फेला पार्न सकेका अन्नपूर्ण गाउँपालिका ९ का अध्यक्ष रमेश गुरुङ्खले बताउन्ु भयो ।
मंगलाबार ससस्त्र प्रहरी कालीका गण मालेपाटन बाट ५ जना गोताखोर सहितको टोलीलाई लिएर गाँउ पालिका अध्यक्ष विष्णु  बहादुर केसी लगाएत जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासी सहितको टोलीले खोजी कार्य गरिरहेको छ । पर्यटक हराएको दुतावासलाई जानकारी भएको छ ।

Leave A Reply

Your email address will not be published.