पोखरा फोटोग्राफर संघद्धारा सञ्चालित फोटो भिडियो अवार्डका ५–५ सर्वोत्कृष्ठ घोषणा

घनश्याम पौडेल
भाद्र १२, पोखरा , पोखरा फोटोग्राफर संघ, पोखरा नेपालद्धारा सञ्चालित फोटो भिडियो अवार्डका बिभिन्न ८ बिधाहरुकोे प्रतियोगितामा ५–५ सर्वोत्कृष्ठ घोषणा गरिएको छ । गत श्रावण २ गते देखी प्रतियोगिताको लागि आव्हान गरिएको ७ फोटो बिधामा कुल ५७३ फोटो संकलन भएका थिए भने १ बिधाको बिबाह भिडियो प्रतियोगितामा २० भिडियोहरु प्रतिस्पधामा थिए । सोही प्रतियोगि फोटो र भिडियोलाई ५ सदस्य फोटो भिडियो छनोट समितिले छानेर मुल अर्वाड समितिलाई बुझाए अनुसार आज बुधबार ५ सर्वोउत्कृष्ठको नाम सार्वजनिक गरिएको हो । पोखरा फोटोग्राफर संघको सवै अवार्डमा बिजेता प्रथम दित्तिय तृतीयको घोषणा सहित पुरस्कार बितरण कार्यक्रम आउदो भाद्र २९ गते हुन गईरहेको साधारण सभामा गरिने कुरा संघका अध्यक्ष रामचन्द्र पोख्रेलले जनाएका छन । यसै गरि पोखरा फोटोग्राफर संघद्धारा सञ्चालित अशोक लाईफ टाईम फोटोग्राफी अर्वाडबाट यस वर्ष वाग्लुड.का बरिष्ठ फोटोग्राफर मुकुन्द शाक्य सन्मानित हुने भएका छन ।
आज तीजको अवसर पारी पोखरा फोटोग्राफर संघका महिला उपसमितिले राखेको दरखाने कार्यक्रमको प्रारम्भमा भएको घोषणा कार्यक्रम पनि गरिएको थियो । संस्थाका सचिव देवानन्द पोख्रेलले दिएको जानाकारी अनुसार यस वर्ष पहिलो १५ हजार ५५५ राशीको कैलाश फोटोग्राफर अफ दि ईयर बिधाको लागि पुरन शारु, देवानन्द पोख्रेल, राम्जि थापा, लक्ष्मिपती पौडेल र जीवन ढुड.गानाको फोटो टप ५ मा परेका छन ।
यसै गरी दोश्रो मिलन यूथ ईनर्जेटिक फोटोग्राफी पुरस्कार बिधामा बब शाही, दिपकमान उदास, अर्जुन कुवर, नारायणहरि अधिकारी र राजेश गुरुड.को फोटो टप ५ मा परेका छन । तेश्रो वातावरण तथा प्रकृति बिधामा उत्कृष्ठ ५ मा कुलराज चौधरी, योगेन श्रेष्ठ, गणेश बि लामा, दिनेश भण्डारी र अनील कार्कीका फोटोहरु परेका छन । यसैगरी चौथो सस्कृती तथा पर्यटन बिधामा समिर रेग्मी, अग्नीधर तिमिल्सेना, फोकस श्रेष्ठ, आशिष पुरी र अभिनन्दन बजिमयका फोटोहरु परेका छन । पाचौ रामतारा दैनिक जनजिवन फोटो बिधामा सुरेश रेग्मी, महेन्द्र केसी, देवानन्द पोख्रेल, कुलराज चौधरी र शाहिल तिवारीको फोटोहरु परेका छन ।
छैठौ बिधा मिराज पोट्रेट फोटोग्राफीमा सर्वोकृष्ठ ५ मा देवानन्द पोख्र्ेल, प्रदिप श्रेष्ठ, मोहन महतो, शाहिल तिवारी र नारायणहरि अधिकारीको फोटोहरु छनोट भएका छन । यसै गरी यसै वर्षवाट शुरु भएको सातौ बिधा महिला प्रतियोगिको लागि मात्र राखिएको नन्दनारी फोटोग्राफी अर्वाडको ५ सर्वोउत्कृष्ठमा श्रृजना भुर्तेल, मन्जरी पौडेल, श्रृजना घिमिरे लामिछाने, सुस्मिता अधिकारी र इन्दिरा शर्माको फोटोहरु परेका छन ।
प्रतियोगिताको एक मात्र बैबाहिक भिडियो बिधामा परेका भिडियो मध्य निरोज के भण्डारी, राम्जी थापा, प्रकाश पौडेल, महेन्द्र केसी र देवानन्द पोख्रेलका भिडियोहरु सर्वोकृष्ठ ५ मा परेका छन ।
पोखरा फोटोग्राफर संघ पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्ने ब्यावसायिक फोटोग्राफरहरुको साझा संस्था हो । संघले बिभिन्न सामाजिक एवं फोटोग्राफरको हितमा कार्य गर्दै आएको छ । यसमा पोखरा लगायत वरपरको क्षेत्रसमेत गरेर झण्डै २०० फोटोग्राफरहरु संस्थामा आबद्ध रहेका छन । पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरुको हक हित र पेशा एवं दक्षता बृद्धिका बिभिन्न कार्यक्रम जस्तै तालिम, अन्तरक्रिया, अवलोकन भ्रमण र पुरस्कार बितरण जस्ता बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ । संघले फोटोग्राफरहरुको क्षमता बृद्धि तथा दक्षताको प्रोत्साहन स्वरुप नै यस वर्ष पनि बिभिन्न बिधामा पोखरा फोटोग्राफी अवार्ड ९ पुरस्कार० घोषणा गरेको हो । श्रावण २ आफ्नो ४३ औ वार्षिक उत्सवको उपलक्ष्यमा घोषणा गरिएको सो ८ बिभिन्न बिधाका पुरस्कारको फोटो पठाउने पर्ने संकलन समय २०८१ भाद्र ३ गते सम्म समय सिमा राखिएको थियो ।
आज भन्दा ४३ वर्ष अगाडी अर्थात बि।सं। २०३९ मा पोखराका तत्कालिन फोटोग्राफर शम्भुरत्न शाक्यको अगुवाईमा स्थापित पोखरा फोटोग्राफर संघ ब्यवसायिक पेशागत साथीहरुको एकता, ऐक्यबद्धता र बृहत्तर हितमा केन्द्रित रहदै आएको संस्था हो । समय अनुकुल प्रबिधी र ब्यवसायिक प्रर्बधनले मात्र जिवन सम्भव छ भन्ने मुल ध्ययले संस्थागत बिकासको माध्यमले सदस्यको आर्थिक समृद्धिमा कसरी सहयोग गर्न सकिन्छ भन्ने कार्यमा लागि परेको छ । समयानुकुल फोटोग्राफी भिडियोग्राफीलाई अगाडी बढाउन र आयआर्जनको बलियो माध्यम बनाउने उदेश्यले आफ्ना सदस्यको क्षमता तथा दक्षता बृद्धि गर्नको लागि स्यम सदस्यहरुबाट नै पुरस्कार रासी स्थापना गर्ने र बितरण गर्ने कार्य गर्दै आएको छ । अन्य वस्तुगत संस्थाहरु भन्दा छुट्टै पहिचान बनाउन सफल यस पोखरा फोटोग्राफर संघ स्थापनाको ४३ औं बर्ष सम्म आईपुग्दा पोखरा र पोखरा आसपासका विभिन्न छिमेकी जिल्ला हरुमा समेत आफ्नो कार्यक्षेत्र बिस्तार गर्र्दै राष्ट्रिय स्तरमा आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ ।

Leave A Reply

Your email address will not be published.