GIF TIGER CUP

अमेरिकाको लेक्जिनटनमा सप्ताहव्यापी रक्तदान सम्पन्न, ७३ युनिट रगत संकलन

लेक्जिनटन केन्टुकी । प्रवासी नेपाली मञ्च (ओएनएफ) केन्टकी अमेरिकाको आयोजनामा फेब्रुअरी १७ देखि २२ सम्म अमेरिकाको लेक्जिनटन सहरमा सप्ताहव्यापी रक्तदान कार्यक्रम भएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने मूल नाराका साथ भएको सो कार्यक्रममा ७३ युनिट रगत संकलन भएको छ ।

१०१ जना इच्छुक सहभागीहरूमध्ये ७३ जनाको सफल रक्तदानसहित ऐतिहासिक रक्तदान सम्पन्न भएको ओएनएफ केन्टकी राज्य समिति अमेरिकाका सचिव गणेश अधिकारीले जानकारी दिए ।

कार्यक्रममा ओएनएफ अमेरिकाका महादेश कमिटी सदस्य केशव लोहनी, ओएनएफ अमेरिका राष्ट्रिय कार्यसमिति उपाध्यक्ष गोपाल कँडेल, राष्ट्रिय कार्यसमिति उपसचिव डक्टर थोमस बास्तोला, राष्ट्रिय कार्यसमिति सदस्यहरू घनश्याम खनाल, मोहनी डुम्रे, राष्ट्रिय कार्यसमिति सल्लाहकार एकनारायण सुवेदी, ओएनएफ केन्टकीका अध्यक्ष शिवशंकर देवकोटा कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू स्थानीय संस्था एनआरएन केन्टुकीका अध्यक्ष सुन्दरमणि पौडेल, ANKA का पूर्वअध्यक्ष लक्ष्मी खड्का, ANKA का सचिव भरत उप्रेतीलगायत स्थानीय विभिन्न व्यक्ति, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति थियो ।

GIF TIGER CUP

कार्यक्रममा उपस्थित व्यक्तिहरूले ओएनएफ केन्टकीले गरेको यस सामाजिक कार्यले नेपाली समाज अमेरिकाको जीवनदानको उच्च भावनाले भरिएको कार्यक्रम ऐतिहासिक भएको बताए । सहभागीले ७३ युनिट रगत सङ्कलन अहिलेसम्मकै नेपाली समुदायले गरेको रक्तदान कार्यक्रममा सबैभन्दा बढी रगत संकलन भएकोले यस्तो महान सामाजिक कार्य गरेकोमा ओएनएफ केन्टकीलाई धन्यवाद दिए । साथै आगामी दिनमा पनि यस्तै खाले सामाजिक कार्यलाई निरन्तरता दिन समेत सुझाव दिए ।

Leave A Reply

Your email address will not be published.