newa srijana

विवाह जाने बहानामा गरगहना र चेक लिएर फरार ठगीको आरोपमा मनमाया थापा पक्राउ

पोखरा । ठगी, आपराधिक विश्वासघात र आपराधिक लाभको आरोपमा पोखराबाट एक महिलालाई मंगलबार पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पोखरा–१० स्थायी घर भई हाल वडा नं. ३१ बागमारा बस्ने ४६ वर्षीया मनमाया थापा हुन्।

पक्राउ परेकी थापाले विभिन्न व्यक्तिलाई ललाई-फकाई गरगहना ठगी गरेकाे आराेप छ । २०७८ मंसिर २९ मा उनले ७२ वर्षीया वृद्ध महिलालाई विवाहमा जानुपर्छ भन्दै करिब ४ लाख ८७ हजार रुपैयाँ बराबरका गरगहना लिएर सम्पर्कविहीन भएकी थिइन्।

सिटीजन फनिच्रर

त्यसअघि, २०७८ भदौ २६ मा उनले बाग्लुङ बसपार्कस्थित सुन पसलबाट करिब ७ लाख ५४ हजार बराबरका गरगहना चेकमार्फत लिएकी थिइन्। तर चेक साट्न खोज्दा बैंकले हस्ताक्षर फरक भएको भन्दै अस्वीकार गर्‍यो। त्यसपछि उनी सम्पर्कविहीन बनेकी थिइन्।

Mountain run pokhara click

पक्राउ परेकी  कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

Rabin photo