newa srijana

मञ्च गण्डकीका निवर्तमान अध्यक्ष दिननाथ बरालसहित १० खेल पत्रकारलाई राष्ट्रिय प्रोत्साहन पुरस्कार

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष दीननाथ बराललाई राष्ट्रिय प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । उनीसँगै देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले प्रकाशित गरेको सूचना अनुसार आर्थिक वर्ष २०८१/८२ को पुरस्कारका लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरेर छनोट गरिएको हो ।

पुरस्कार स्वरूप प्रत्येक पत्रकारलाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिने भएको मन्त्रालयले जनाएको छ । खेलकुद पत्रकारितामा लामो अनुभव र योगदानका आधारमा बराल यसपटकको सम्मानका लागि छनोट गरिएको भएका हुन् ।

सिटीजन फनिच्रर

Mountain run pokhara click

मन्त्रालयले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०८१ को आधारमा मूल्याङ्कन गरी देश भरका पत्रकारहरूलाई पुरस्कारका लागि सिफारिस गरेको हो । छिट्टै एक विशेष समारोह बीच पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्ने मन्त्रालयले जनाएको छ ।

पत्रकार बराल रेडियो नेपाल, कारोबार दैनिक, पोखरा क्लिक, पोखरापत्र लगायतका सञ्चारमाध्यमसँग आबद्ध छन्।यस अगाडि गण्डकी प्रदेशका खेल पत्रकार केशव पाठक, विजय नेपाली, दीपक परियार, विजय नेपाल, सुमन गुरुङ, रोहितराज पराजुली लगायतकाले मन्त्रालयले प्रदान गर्ने पुरस्कार प्राप्त गरिसकेका छन् ।

Rabin photo