कोटि होम १

हाइकर्स क्लबको ५९औं हाइकिङ: मकानपुरको मनमोहक यात्रा

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यालय रहेको हाइकर्स क्लब नेपालले हरेक महिनाको अन्तिम शनिबार आयोजना गर्दै आएको एकदिने हाइकिङ कार्यक्रमको ५९औं शृङ्खला मकानपुर गाउँमा सम्पन्न भएको छ। गत शनिबार जेठ महिनाको अन्तिम शनिबार पोखरा महानगरपालिका वडा नं. २३, मकानपुरमा आयोजित हाइकिङमा ४५ जना सहभागी भएका थिए।

घाँटीछिनाबाट करिब दुई घण्टाको पैदल यात्रापछि पुगिने मकानपुरको यो हाइकिङमा सहभागीहरूले फर्कने क्रममा वराङमा रहेको मनोक्रान्ति आश्रमको अवलोकनसमेत गरे। “स्वास्थ्य र पर्यटनका लागि हाइकिङ” भन्ने मूल नाराका साथ सञ्चालित यो कार्यक्रममा ८–९ वर्षका बालबालिकादेखि ७६ वर्षसम्मका व्यक्तिहरू सहभागी हुने गरेका छन्। सहभागीहरूले आफ्नो खर्च आफैं व्यहोर्नुपर्ने भए पनि साना बालबालिकालाई अवस्था हेरी निःशुल्क सहभागिता गराउँदै आएको हाइकिङ संयोजक तथा क्लबकी कोषाध्यक्ष टीका आचार्य सुवेदीले बताइन्।

Nawa Srijana

क्लबका अध्यक्ष कृष्ण रानाभाटले हाइकिङ कार्यक्रम विगत ६ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको र सहभागीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए। “विद्यार्थी, व्यापारी, गृहिणी सबैले महिनामा एक दिन आफ्नो लागि समय निकाल्नुपर्छ भन्ने भावनाले यो कार्यक्रम लोकप्रिय बन्दै गएको छ,” उनले भने। रानाभाट दरबारथोक मिडिया प्रालिका सञ्चालक अध्यक्षसमेत हुन्।

हाइकर्स क्लब नेपालको हाइकिङमा हालसम्म हजारौं व्यक्तिले सहभागिता जनाइसकेका छन्। कास्की, स्याङ्जा र तनहुँका विभिन्न गाउँपालिका, नगरपालिका र महानगरपालिकाका वडाहरूमा पुगेर स्थानीय पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा यो कार्यक्रमले महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ। पोखरा भ्रमण वर्ष २०२५ लाई सहयोग पु¥याउनुका साथै पर्यटकीय राजधानी पोखरालाई आफ्नै शैलीमा प्रवर्द्धन गर्न यो हाइकिङले महत्त्वपूर्ण भूमिका खेलेको छ।

सामुदायिक प्रहरी
वडा नं २६
Leave A Reply

Your email address will not be published.