newa srijana

७औं लखन थापा मगर स्मृति भलिबल कप क्यानडाको ब्र्याम्पटनमा हुँदै

पोखरा । मगर एसोसिएसन अफ क्यानडा र लंघाली स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा ७औं लखन थापा मगर स्मृति भलिबल कप आगामी अगस्ट २ तारिखमा क्यानडाको ब्र्याम्पटन शहरमा आयोजना हुने भएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले ७५० क्यानाडियन डलर दर्ता शुल्क तिर्नुपर्नेछ। प्रतियोगितामा विजेता टिमले ५,००० डलर तथा उपविजेता टिमले २,५०० डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।

यसका साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लोकर, र उत्कृष्ट सेटरलाई पनि विभिन्न विधागत पुरस्कार प्रदान गरिनेछ, जसले खेलाडीहरूलाई थप प्रोत्साहन गर्नेछ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

लंघाली स्पोर्ट्स क्लबका अध्यक्ष चन्द्र पुनले यो प्रतियोगिताले प्रवासमा रहेका नेपाली समुदायबीच भाइचारा र एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। देश छोडेर विदेशमा आएका नेपालीबीच आपसी सम्बन्ध, सहकार्य र सामुदायिक भावना प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो, उहाँले भन्नुभयो।

कार्यक्रम संयोजक अमित आलेका अनुसार उत्तर अमेरिकाका विभिन्न शहरहरूबाट टिमहरूको सहभागिता अपेक्षित गरिएको छ। प्रतियोगिता अवधिभर सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने भएकाले दर्शकहरूको मनोरञ्जनका लागि यो अवसर विशेष हुने आयोजकहरूको भनाइ छ।

Rabin photo