सुचना१
हेमाजा हिले महोत्सव

छोरेपाटन माविका अध्यक्षमाथि भ्रष्टाचारको आरोप, अखिल क्रान्तिकारीद्वारा कालोमोसो

पोखरा । पोखराको छोरेपाटन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ पहारीमाथि भ्रष्टाचारको आरोप लागेपछि नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले उनलाई कालोमोसो दलेर प्रतीकात्मक कारबाही गरेको छ।

शुक्रबार विद्यालय परिसरमा भएको घटनालाई संगठनले विद्यालयमा बढ्दो अनियमितता र अपारदर्शिताविरुद्धको कदमको रूपमा व्याख्या गरेको छ। अखिल क्रान्तिकारी गण्डकी प्रदेश समितिले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा पहारीले विद्यालयको आर्थिक स्रोतको दुरुपयोग गरेको, सार्वजनिक विवरण नदिएको र एकलौटी निर्णयमार्फत रकम खर्च गरेको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आएको रकमको विवरण नदिई मनपरी ढंगले प्रयोग गरिएको छ। शिक्षण–अशिक्षण सामग्री खरिदमा अपारदर्शिता अपनाइएको छ भने अनावश्यक निर्माण कार्यको नाममा रकम दुरुपयोग भएको छ।” साथै, यस्ता गतिविधिमा जनप्रतिनिधि र केही स्थानीय नेताको संरक्षण रहेको आरोप पनि लगाइएको छ।

संगठनका अनुसार, लामो समयदेखि पारदर्शिता र जवाफदेहिताको माग गर्दै आए पनि सुनुवाइ नहुँदा बाध्य भएर यो प्रतीकात्मक विरोध कार्यक्रम गर्नुपरेको हो।

त्यस्तै पातले छाँगो क्षेत्रको ४० वर्षे ठेक्का सम्झौतामा अध्यक्ष पहारीको संलग्नता रहेको आरोप पनि संगठनले लगाएको छ। हालसम्म अध्यक्ष पहारी वा विद्यालयतर्फबाट औपचारिक प्रतिक्रिया आएको छैन। स्थानीय प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जानकारी दिएको छ।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर