newa srijana

नारायणस्थानमा चतुर्मास व्रत र श्रीमद्भागवत कथा आरम्भ

पोखरा । पोखरा महानगरपालिका–०३ स्थित श्री लक्ष्मीनारायण मन्दिर, नारायणस्थानमा पीठाधीश्वर अनन्त श्रीविभूषित श्रीमद्जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेवको प्रेरणामा चतुर्मास व्रत अनुष्ठान तथा हिमालयन सिद्धमहायोग ध्यान साधना कार्यक्रम जारी छ। असार २७ गतेदेखि प्रारम्भ भएको यो आध्यात्मिक क्रियाकलाप नियमित रूपमा सञ्चालन हुँदै आएको मन्दिर स्रोतले जनाएको छ।

श्रीकृष्ण जन्माष्टमीको पावन अवसरलाई समर्पित विशेष सप्ताहव्यापी कार्यक्रम श्रावण २४ गतेदेखि ३१ गतेसम्म आयोजना हुने भएको छ। यस अवधिमा श्रीमद्भागवत महापुराणको कथा वाचन भारतका ख्यातिप्राप्त संत—किंकर संगीताचार्य पण्डित डा. महेशदत्त शर्मा र श्री श्री १००८ श्रीवैष्णव महन्त श्री हरिशंकर दास वेदान्तीजी महाराजको मुखारबिन्दबाट हुनेछ।

सिटीजन फनिच्रर

सप्ताहभर बिहान ध्यान साधना र व्रत अनुष्ठान, बेलुकी भजन–कीर्तन, सत्संग तथा गुरुदर्शनको व्यवस्था रहनेछ। सहभागी भक्तहरूले यसबाट आध्यात्मिक उन्नति, आत्मिक शान्ति र गुरुकृपाको विशेष लाभ प्राप्त गर्ने अपेक्षा राखिएको छ।

Mountain run pokhara click

मन्दिर व्यवस्थापन समितिले सम्पूर्ण श्रद्धालु र भक्तजनलाई सपरिवार उपस्थित भई यस पावन अवसरमा सहभागी हुन अनुरोध गर्दै कलियुगमा दुर्लभ सन्त सान्निध्य र कृष्णभक्तिको माधुर्य अनुभव गर्न आग्रह गरेको छ।

Rabin photo