newa srijana

वीर अस्पतालका लेखा अधिकृत एक लाख बीस हजार रुपैयाँ घुससहित अख्तियारको नियन्त्रणमा

पोखरा । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) का लेखा अधिकृत ढुण्डी राज दाहाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीद्वारा घुससहित पक्राउ परेका छन्।

अख्तियारका अनुसार दाहालले अस्पतालमा कार्यरत रहँदै विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी दिने क्रममा अनियमितता गर्दै घुस असुल गरेको उजुरीका आधारमा टोली खटाइएको थियो।

सिटीजन फनिच्रर

अनुसन्धान टोलीले सोमबार दाहाललाई उनको कार्यकक्षमै छापा मारेर नियन्त्रणमा लिएको हो। छापामारीका क्रममा घुसका रूपमा लिएको एक लाख बीस हजार आठ सय पचास रुपैयाँ, मोबाइल फोन एक थान र अन्य सम्बन्धित कागजातहरू फेला परेको आयोगले जनाएको छ।

दाहालले सप्लायर्स तथा ठेकेदारका बिल भुक्तानी गर्दा निश्चित रकम माग्ने र कार्यालयमै लुकाएर राख्ने गरेको सूचनाका आधारमा निगरानी बढाइएको थियो। प्रारम्भिक अनुसन्धानपछि अख्तियारको टोलीले प्रमाणसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दाहालमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

अनिल multipurpose
आहा रारा
वडा नं २६