पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलमा नागरिक समाज कास्कीको अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
नागरिक समाज कास्कीको आयोजना तथा लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलको सहकार्यमा सोमवार ३०४ औं राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरसंवाद कार्यक्रमका प्रमुख वक्ता प्राध्यापक डाक्टर ज्ञानबहादुर कार्कीले आफ्नो ४५ वर्ष लामो शिक्षण अनुभवको समेत चर्चा गर्दै नेपाल एकीकरणमा पृथ्वीनारायण शाहको भूमिकाका वारेमा ऐतिहाँसिक पृष्ठभूमि समेत उल्लेख गरेका थिए ।
कार्यक्रममा राइजिङ्ग स्टार युवा क्लबका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङ्ग, विद्यालयका प्रिन्सिपल बिकल पौडेल, एकडेमिक डिन विचित्र न्यौपाने, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, विद्यालय सञ्चालक सदस्य रामप्रसाद अधिकारी, विहानी सत्रका शिक्षकहरु तथा कक्षा १० देखि १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रमुख वक्ता कार्कीले सहभागीहरुका जिज्ञासाहरुको उत्तर दिंदै आगामी दिनमा थप उत्सुकताका लागि प्रेरणा प्रदान गरेका थिए ।
कार्यक्रम संयोजक विष्णुहरि अधिकारीले कार्यक्रम वारे प्रकाश पार्दै नागरिक समाजको भूमिकाका वारेमा प्रष्ट पारेका थिए । कार्यक्रमको सञ्चालन नागरिक समाज कास्कीका स्थापनाकालीन अध्यक्ष रामबहादुर पौडेलले तथा अध्यक्षता नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनले गरेका थिए ।





