पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

पार्टीले कास्की क्षेत्र नम्बर १ मा गनेस पौडेललाई उम्मेदवार बनाएको छ। त्यस्तै कास्की क्षेत्र नम्बर २ मा उत्तम पौडेल उम्मेदवार बनेका छन्।
कास्की क्षेत्र नम्बर ३ बाट भने बिना गुरुङ उम्मेदवार बनेकी छन्। फागुन २१ गते हुने उपनिर्वाचनका लागि रास्वपाले तीनै क्षेत्रमा आफ्ना उम्मेदवार मैदानमा उतार्ने तयारी गरेको छ।





