महिला फोटोग्राफरले खिचेको महिलाको फोटोले अवार्ड पाउदै

घरको मुख्य काम गर्ने पुरुष र सहायक काम गर्ने महिलाको भूमिका दृष्य

पोखरामा महिला फोटोग्राफर तथा पत्रकारको लागि स्थापित नन्दनारी फोटोग्राफी पुरस्कार शुरु भएको छ । महिला फोटोग्राफरलार्ई प्रोत्साहन गर्ने उदेश्य राखी महिला फोटोग्राफर नन्दकला पौडेलले पोखरा फोटोग्राफर संघको अगुवाईमा हुने पोखरा फोटोग्राफर अवार्ड अन्तरगत नन्दनारी फोटोग्राफी पुरस्कार स्थापना गरेकी छन । उक्त पुरस्कारको लागि केवल महिला फोटोग्राफर तथा पत्रकार हुने प्रावधान राखिएको छ भने खिचिएको फोटोको बिम्ब वा तस्विरमा महिलाको गतिबिधी,आकृती वा स्वरुप हुनुपर्ने प्रावधान राखिएको छ । यही मिति २०८१ श्रावण २ गते देखी श्रावण २५ सम्म पोखरा फोटोग्राफर संघको अवार्ड साईटमा आउने गरी फोटो पठाउन आव्हान गरिएको छ ।यसै गरि फोखरा फोटोग्राफर संघको यो अवार्ड कार्यक्रममा अन्य ८ बिधामा बिभिन्न प्रकारका र मापदण्डका फोटोहरुको प्रतियोगिता पनि गराइएको छ ।

पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल
Click the link below https://forms.gle/1YJnBCRdBg64zJhP6

१) अशोक लाईफटाईम एचीभमेन्ट फोटोग्राफी अवार्ड २) कैलाश फोटोग्राफर अफ दि ईयर ३) मिलन यूथ ईर्नजेटिक फोटोग्राफीक अवार्ड ४) नन्दनारी फोटोग्राफी अवार्ड ५) वातावरण तथा प्रकृती ६) राम तारा दैनिक जनजिवन ७) संस्कृती तथा पर्यटन ८) मिराज पोट्रेट फोटोग्राफी ९) मिराज विवाह भिडियोग्राफी ।

पोखरा क्षेत्रमा फोटो ब्यावसाय गर्ने ब्यावसायिक फोटोग्राफरहरुको साझा संस्था पोखरा फोटोग्राफर संघले बिभिन्न सामाजिक एवं फोटोग्राफरको हितमा कार्य गर्दै आएको छ । यसमा पोखरा लगायत वरपरको क्षेत्रसमेत गरेर झण्डै २०० फोटोग्राफरहरु संस्थामा आबद्ध रहेका छन । पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरुको हक हित र पेशा एवं दक्षता बृद्धिका बिभिन्न कार्यक्रम जस्तै तालिम, अन्तरक्रिया, अवलोकन भ्रमण र पुरस्कार बितरण जस्ता बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ । संघले फोटोग्राफरहरुको क्षमता बृद्धि तथा दक्षताको प्रोत्साहन स्वरुप नै यस वर्ष पनि बिभिन्न बिधामा पोखरा फोटोग्राफी अवार्ड ( पुरस्कार) घोषणा गरेको हो । श्रावण २ आफ्नो ४३ औ वार्षिक उत्सवको उपलक्ष्यमा घोषणा गरिएको सो ९ बिभिन्न बिधाका पुरस्कारको फोटो पठाउने पर्ने संकलन समय २०८१ श्रावण २५ सम्म राखिएको संघका अध्यक्ष रामचन्द्र पोख्रेलले जनाए । भाद्र ३ गते पर्ने बिश्व फोटोग्राफी दिवशमा घाोषणा गरिने अवार्ड नियम र बिधा बमोजिम प्रतियोगिताको लागि गुगल र्फम भरेर सोही माध्यमबाट फोटो पठाउन सकिने ब्यवस्था भएको पोखरा फोटोग्राफर संघका सचिव देवानन्द पोख्रेलले जनाएका छन ।
पोखरा फोटोग्राफी अर्वाडका बिधाहरु र ति बिधाका नियम तथा सिमाहरु पोखरा फोटोग्राफर संघ र सदस्यहरुको सामाजिक सञ्जालहरुमा प्रचार गरिएको छ । आफुले खिचेको उत्कृष्ठ फोटोहरु बिधाको नियम परिधी भित्र रहेर संस्थामा पठाउन सक्नुहुनेछ । फोटो पठाउनको लागि पोखरा फोटोग्राफर संघले प्रदान गरेको गुगल र्फम भरेर अर्वाडको नियम बमोजिम फोटो प्रतियोगितामा भाग लिन सकिने र आफु भित्र रहेको फोटोग्राफी दक्षताको बृद्धि गर्न सकिने संस्थाले जनाएको छ ।

१) अशोक लाईफटाईम एचीभमेन्ट फोटोग्राफी अवार्ड पुरस्कार रासी रु २५ हजार ५५५ ।
२) कैलाश फोटोग्राफर अफ दि ईयर अवार्ड पुरस्कार रासी रु १५ हजार ५५५ ।
३) मिलन यूथ ईर्नजेटिक फोटोग्राफीक अवार्ड पुरस्कार रासी रु ५ हजार १ रुपया ।
४) नन्दनारी फोटोग्राफी अवार्ड पुरस्कार रासी रु ६ हजार १ रुपया ।
५) वातावरण तथा प्रकृती अवार्ड पुरस्कार रासी रु ५ हजार १ रुपया ।
६) राम तारा दैनिक जनजिवन अवार्ड पुरस्कार रासी रु ५ हजार १ रुपया ।
७) संस्कृती तथा पर्यटन अवार्ड पुरस्कार रासी रु ५ हजार १ रुपया ।
८) मिराज पोट्रेट फोटोग्राफी अवार्ड पुरस्कार रासी रु ५ हजार १ रुपया ।
९) मिराज विवाह भिडियोग्राफी अवार्ड पुरस्कार रासी रु ५ हजार १ रुपया ।

यि प्रतियोगिताको लागि फोटो आईपुग्ने मिति यही मिति २०८१ श्रावण २५ गते सम्म राखिएको पोखरा फोटोग्राफर संघले जनाएको छ ।

आज भन्दा ४३ वर्ष अगाडी अर्थात बि.सं. २०३९ मा पोखराका तत्कालिन फोटोग्राफर शम्भुरत्न शाक्यको अगुवाईमा स्थापित पोखरा फोटोग्राफर संघ ब्यवसायिक पेशागत साथीहरुको एकता, ऐक्यबद्धता र बृहत्तर हितमा केन्द्रित रहदै आएको संस्था हो । समय अनुकुल प्रबिधी र ब्यवसायिक प्रर्बधनले मात्र जिवन सम्भव छ भन्ने मुल ध्ययले संस्थागत बिकासको माध्यमले सदस्यको आर्थिक समृद्धिमा कसरी सहयोग गर्न सकिन्छ भन्ने कार्यमा लागि परेको छ । समयानुकुल फोटोग्राफी भिडियोग्राफीलाई अगाडी बढाउन र आयआर्जनको बलियो माध्यम बनाउने उदेश्यले आफ्ना सदस्यको क्षमता तथा दक्षता बृद्धि गर्नको लागि स्यम सदस्यहरुबाट नै पुरस्कार रासी स्थापना गर्ने र बितरण गर्ने कार्य गर्दै आएको छ । अन्य वस्तुगत संस्थाहरु भन्दा छुट्टै पहिचान बनाउन सफल यस पोखरा फोटोग्राफर संघ स्थापनाको ४३ औं बर्ष सम्म आईपुग्दा पोखरा र पोखरा आसपासका विभिन्न छिमेकी जिल्ला हरुमा समेत आफ्नो कार्यक्षेत्र बिस्तार गर्र्दै राष्ट्रिय स्तरमा आफ्नो छुटै पहिचान बनाउन सफल भएको छ ।

 

Leave A Reply

Your email address will not be published.