पोखरा । पोखरा महानगरपालिका वडा न ९ का मतदाताले रश्मि आचार्यको उम्मेदवारी नेपाली राजनीतिमा महत्वपूर्ण छलाङ भएको प्रतिक्रिया दिएका छ्न।
उनीहरुले राष्ट्रको बिकास र नीति निर्माणमा प्रभाबकारी अगुवाई गर्न सक्ने मात्रै नभएर समग्र देशलाई मार्ग निर्देश गर्न सक्ने क्षमता र नेतृत्व सहितको उम्मेदवार प्राप्त गरेको भन्दै खुशी ब्यक्त गरेका छ्न।
आशन्न प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र न २ बाट नेकपा एमालेका उम्मेदवार रश्मि आचार्यले सो क्षेत्रको पोखरा महानगर पालिका वडा न ९का जनतासंग पुगेर आगामी कामका सम्बन्धमा सुझाव लिने क्रममा सो प्रतिक्रिया दिएका हुन। देशलाई हाक्ने संभावना बोकेको युबा उम्मेदवार आचार्य भएको भन्दै आफुहरूको रोजाइ मा रहने उल्लेख गरे।

सो क्रममा स्थानीय मतदाताहरूले उक्त वडामा आबश्यक कामका सन्दर्भमा उम्मेदवार आचार्यलाई सुझाव प्रदान गरेका छन।
सो अबशरमा उम्मेदवार आचार्यले देशमा निति निर्माणका सबाल र जनताका समस्या संग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने बिषय सधैं साथमा रहेको उल्लेख गरे।
आम श्रमजीवी जनताको पक्षमा अनवरत वकालत र सुदृढीकरणमा बाल्यकाल देखि लागेको स्मरण गर्दै उनले जनमुखी बिकास र समृद्धि मात्रै आफ्नो स्वार्थ भएको उल्लेख गरे।
बुधबार पोखरा महानगर वडा न १६, ८ र ९ का निर्बाचन परिचालन कमिटीका कार्यालयहरू समेत शुरूवात गरिएको छ।





