newa srijana

पाेखरामा खुल्याे पाइलट ब्रान्ड पेनकाे आउटलेट

पाेखरा । फेयर ट्रेड कर्पाेरेसनले पाेखरामा पाइलट ब्रान्डकाे पेनकाे आउटलेट संचालनमा ल्याएको छ। पाेखरा महानगरपालिका वडा नम्बर ३, नदीपुरस्थित काेट्रयार्ड भवनमा (मीनमार्ट रहेकाे भवन) आउटलेट संचालनमा ल्याएको हाे ।

शनिबार आयाेजित एक समाराेहमा उक्त शाेरूमकाे कम्पनीका तर्फबाट जापानी नागरिक मसाे नाका र टामायुकी कावानाले संयुक्त उद्घाटन गरे । साे अवसरमा हाँस्य कलाकार सन्दीप क्षेत्रीकाे पनि उपस्थिति थियाे।

कम्पनीले ४२ वर्ष पहिलेदेखि नेपालमा पाइलट पेनकाे बिक्री वितरण गर्दै आएको छ।

सिटीजन फनिच्रर

कम्पनी निर्देशक मीन अग्रवाल आफूकहाँ १० देखि एक लाख रूपैयाँसम्मका मूल्य बराबरका पेन रहेको बताउँछिन्। उनका अनुसार पाइलट ब्रान्डका बल पेन, जेल पेन र फाउन्टेन पेन, हाइलाइटर, मार्कर, पेन्सिल, इरेजरसहित लेखेर मेट्ने पेनहरू पनि उपलब्ध छन् । प्रोडक्टमा १० प्रतिशत डिस्काउन्ट र विद्यार्थीहरूका लागि एक वर्षसम्म ५ प्रतिशत विशेष छुट दिइने व्यवस्था गरिएको छ।

काठमाडौंकाे न्यूराेड र कमलादीमा शाखा संचालित रहेकाेमा छिट्टै विराटनगरमा समेत सञ्चालन गर्ने तयारी रहेकाे उनले जानकारी दिइन्। यसका डिलर भने धेरैवटा छन्।

पाइलट पेनलाई अरू पेनकाे तुलनामा उत्कृष्ट मानिन्छ।

आहा रारा
वडा नं २६