newa srijana

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई ‘अति उत्तम’ श्रेणीमा स्तरीकरण

पोखरा । पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले स्तरीकरण गरेको छ। कार्यालयले ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने नारासहित स्थलगत अनुगमन तथा मूल्याङ्कन गरी स्तरीकरण गरेको हो।

होटल, रेस्टुरेन्ट, चमेना गृह तथा क्याटरिङ व्यवसाय स्तरीकरण कार्यविधिअनुसार गरिएको मूल्याङ्कनमा टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले १०० पूर्णाङ्कमध्ये ९२ अंक प्राप्त गर्दै तीन तारा (थ्री स्टार) अंकित ‘अति उत्तम’ श्रेणीको हरियो स्टिकर तथा प्रमाणपत्र प्राप्त गरेको हो।

World link net

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले कार्यक्रम आयोजना गरी लेकसाइड क्षेत्रका अन्य होटल तथा रेस्टुरेन्टहरूलाई समेत स्तरीकरण प्रमाणपत्र र लोगो वितरण गरेको जनाएको छ।

टेम्पल ट्रि रिसोर्टका एडमिन तथा एचआर प्रमुख रामकृष्ण कँडेलका अनुसार स्तरीकरणका क्रममा पानीको भण्डारण तथा परीक्षणसम्बन्धी कागजात, कर्मचारीको तालिम र स्वास्थ्य परीक्षण प्रमाणपत्र, फ्रिज तथा भान्साको तापक्रम, खाद्य पदार्थको भण्डारण व्यवस्था, उपकरणहरूको सरसफाइ तथा बाह्य वातावरणको स्वच्छतालगायत विषयमा मूल्याङ्कन गरिएको थियो।

सिटीजन फनिच्रर