newa srijana

पुष्पलाल स्मृति ब्याडमिन्टनमा अन्तिम चारको समीकरण तय

पुरुषतर्फ तीन तथा महिलातर्फ दुई खेलाडीले सेमिफाइनलमा स्थान पक्का गरे

पाेखरा । चौधौँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष आठ पुरुष एकलतर्फ एपिएफका क्षितिज खनाल, पिस फिटनेस क्लबका विष्णु कटुवाल र नेपाल आर्मीका प्रफुल महर्जनले सेमिफाइनलमा स्थान पक्का गरेका छन्।

समूह ‘ए’को लिग खेलमा क्षितिजले लगातार दोस्रो जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन्। उनले दोस्रो खेलमा नेपाल पुलिसका जीवन आचार्यलाई २१–१३, २३–२१ ले पराजित गरे। क्षितिजले पहिलो खेलमा नम्बर एक तथा पूर्वविश्व जुनियर शीर्ष खेलाडी प्रिन्स दाहाललाई पराजित गरेका थिए।

यस्तै, समूह ‘ए’कै अर्को खेलमा एपिएफका प्रिन्स दाहालले नेपाल पुलिसका सुनिल जोशीलाई २१–१४, २१–१९ ले हराए। समूहमा प्रिन्स र सुनिलको समान एक जित भए पनि सेट जितका आधारमा प्रिन्स अगाडि छन्। सुनिलले पहिलो खेलमा नेपाल पुलिसकै जीवन आचार्यलाई पराजित गरेका थिए।

समूह ‘बी’को दोस्रो खेलमा पिस फिटनेस क्लबका विष्णु कटुवाल र नेपाल आर्मीका प्रफुल महर्जनले पनि आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे। विष्णुले नेपाल पुलिसका दीपक बोहरालाई २१–१७, २१–१७ ले पराजित गरे।

प्रफुलले भने एपिएफका देवराज रानामाथि २१–१९, ११–२१, २१–१९ को कठिन जित निकाले। दुई खेलमा दुई जित हात पारेका प्रफुल सेट जितका आधारमा समूहमा दोस्रो स्थानमा छन्। समूह विजेता र उपविजेताको टुंगो भने शुक्रबार हुने अन्तिम लिग खेलबाट लाग्नेछ।

नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको प्रतियोगिताको शीर्ष आठ महिला एकलतर्फ समूह ‘बी’बाट एपिएफकी रिहाना शेरचन र नेपाल पुलिसकी निता लम्सालले सेमिफाइनलमा स्थान पक्का गरेका छन्। दुवैले तीनमध्ये दुई खेलमा जित हात पारेका छन्। सेट जितका आधारमा रिहाना निताभन्दा अगाडि छिन्। समूह विजेता र उपविजेताको टुंगो शुक्रबार हुने प्रतिस्पर्धाबाट लाग्नेछ।

समूह ‘ए’मा नेपाल नम्बर एक नेपाल आर्मीकी रसिला महर्जन र नेपाल पुलिसकी शेस्ना सृपालीले समान एक जितसहित अग्रता कायम गरेका छन्। उक्त समूहबाट सेमिफाइनलमा पुग्ने खेलाडीको टुंगो शुक्रबार हुने अन्तिम लिग खेलपछि लाग्नेछ। बिहीबारको खेलमा शेस्नाले आर्मीकी अनुमाया राईलाई १७–२१, २१–११, २१–१३ ले पराजित गरिन्। रसिलाले भने पहिलो खेलमा शेस्नालाई पराजित गरेकी थिइन्।

सहआयोजक यल स्पोर्ट्स एकेडेमी, ग्वार्कोको कभर्डहलमा जारी प्रतियोगिताको यू–१५ पुरुष एकलतर्फ आर्मीका रिजन मगर, मण्डला ब्याडमिन्टन एकेडेमीका ज्योतिरादित्य चौधरी, धन्यन्तरीका सुहम कार्की, कञ्चनपुरका उदय चन्द, बालकुमारी रिमिक्सका प्रज्वल बज्राचार्य, सिन्धुलीका दीप थिङ, आर्मीका आशुतोष कसौधन, सूर्यदर्शनका सोनम ओली, आर्मीका सामन्त भद्र बज्राचार्य, कञ्चनपुरका आशिष खत्री, आर्मीका साजन कार्की, इमाडोल ब्याडमिन्टन स्पोर्ट्स क्लबका प्रिन्स थापामगर, नेपाल पुलिस स्कुल काभ्रेका प्रनिश कार्की, नेपाल पुलिसका रितिक आचार्य, धन्यन्तरीका सुशान्त प्रजापती, सूर्यदर्शनका आदित्य थारु र आर्मीका सुदेश राजकोटीले अन्तिम १६ मा स्थान बनाए।

सिटीजन फनिच्रर

रिजनले मण्डला ब्याडमिन्टन एकेडेमीका ज्योतिरादित्य चौधरीलाई २१–१५, २१–१४, सुहमले इमाडोल ब्याडमिन्टन स्पोर्ट्स क्लबका प्रशान्त बुढाथोकीलाई २१–७, २१–१४ तथा उदयले कपिलवस्तुका निश्चल अग्रहरीलाई २१–१०, २१–११ ले पराजित गरे।

त्यस्तै, प्रज्वलले नेपाल पुलिस स्कुल काभ्रेका इशान गिरीलाई १०–२१, २१–१७, २१–१८, दीपले पुलिस स्कुलका श्याम भण्डारीलाई २१–८, २१–२, आशुतोषले सुर्खेतका समिर अधिकारीलाई २१–१२, १९–२१, २१–१२ र सोनमले पुलिस स्कुलका सिद्धान्त श्रेष्ठलाई २१–१२, २१–१४ ले हराए।

सामन्तले ग्यालेक्सीका सुभम चौहानलाई २१–१०, २१–५, आशिषले फिटनेपाल स्पोर्ट्सप्लेक्सका सक्षम गुरुङलाई २१–१२, २२–२०, साजनले कस्तुरी एकेडेमीका प्रज्ञान ढकाललाई २१–८, २१–१४, प्रिन्सले विवेक बर्मा एकेडेमीका आयुश खनाललाई २१–१५, २३–२१ तथा प्रनिशले सिन्धुलीका धिरज मण्डललाई २१–१६, २१–१६ ले पराजित गरे।

रितिकले मोर्डन बोर्डिङ स्कुलका अपूर्व राज पोखरेललाई २१–६, २१–५, सुशान्तले डिबिए क्लबका रमित बोहरालाई २१–५, २१–४, आदित्यले कैलालीका यस चौधरीलाई २१–१७, २१–१२ तथा सुदेशले धादिङका आयुश मगरलाई २१–१९, २१–१५ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाए।

यू–१९ महिला एकलतर्फ कस्तुरी कलेजकी अन्जिला राई, चितवनकी सुषमा भुजेल, एपिएफकी प्रेन्शा श्रेष्ठ र अजरेन्का शेरचन, धादिङकी निष्ठा श्रेष्ठ, एपिएफकी स्वर्लिन श्रेष्ठ, एसबिएकी सविज्ञा दाहाल, एपिएफकी आश्रुती कार्की, आर्मीकी समृद्धि श्रेष्ठ र फिटनेपाल स्पोर्ट्सप्लेक्सकी श्रीशा पौडेलले अन्तिम १६ मा स्थान पक्का गरे।

अन्जिलाले सेन्ट जेभियरकी दृष्टि कोइरालालाई २१–४, २१–६, सुषमाले ग्यालेक्सीकी कृष्मा तामाङलाई २१–३, २१–१०, प्रेन्शाले कपिलवस्तुकी बिलक्षणा सिंहलाई २१–६, २१–१७ तथा अजरेन्काले सेन्ट जेभियरकी इभानी भण्डारीलाई २१–७, २१–६ ले पराजित गरिन्।

निष्ठाले ग्लोबल स्कुल अफ साइन्सकी अक्षरा यादवलाई २१–१२, २१–७, स्वर्लिनले ग्यालेक्सी पब्लिक स्कुलकी अर्चना मगरलाई २१–६, २१–३, सविज्ञाले फिटनेस पार्ककी शिष्टता कुइकेललाई २१–१३, २१–८, आश्रुतीले सेन्ट जेभियरकी जियाना खनाललाई २१–५, २१–५, समृद्धिले सुर्खेतकी निशा सिंहलाई २१–९, २१–९ तथा श्रीशाले ग्यालेक्सीकी युन्जना मगरलाई २१–१५, २१–१४ ले पराजित गरेका हुन्।

पुरुष यू–१९ एकलतर्फ नेपाल पुलिसका कविर केसी र आर्मीका प्रतीक विष्टले पनि जित हात पार्दै अन्तिम १६ मा स्थान बनाए। केसीले धन्यन्तरीका सुहम कार्कीलाई २१–१९, २१–१९ तथा विष्टले धादिङका आयुष मगरलाई २१–१०, २१–९ ले पराजित गरे। आर्मीका सौर्य महर्जनले नेपाल पुलिसका रितिक आचार्यलाई २१–१०, २१–९ ले हराउँदै अन्तिम १६ मा प्रवेश गरे।

Pokhara learners