newa srijana

फेवातालमा काइकिङका क्रममा विदेशी पर्यटक बेपत्ता

बाराही मन्दिरपारि शनिबार साँझ काइकिङ गर्ने क्रममा बेपत्ता, खोजीका लागि प्रहरी र सशस्त्र प्रहरी परिचालन

पोखरा । पोखराको फेवातालमा काइकिङ गर्ने क्रममा शनिबार साँझ एक विदेशी नागरिक बेपत्ता भएका छन्। बाराही मन्दिरपारि साँझ करिब ६ः४५ बजे काइकिङ गरिरहेका नामथर र वतन नखुलेका पुरुष विदेशी नागरिक बेपत्ता भएको प्रहरीले जनाएको छ। सूचना पाएलगत्तै उनको खोजी तथा उद्धारका लागि प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

सिटीजन फनिच्रर

वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्य बोगटीको कमान्डमा १० जना प्रहरी घटनास्थलमा खटिएका छन्। सशस्त्र प्रहरी बल, कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी नायब निरीक्षक सुजितकुमार यादवको कमान्डमा १० जनाको उद्धार टोली पनि परिचालन गरिएको छ।

लगातार वर्षा भइरहेकाले तथा साँझको समय भएकाले खोजी तथा उद्धारमा चुनौती देखिएको प्रहरीले जनाएको छ।

Pokhara learners