newa srijana

रसुवा बाढी प्रभावितको राहत कोषमा म्याजेस्टिक लेकफ्रन्ट होटलको सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा होटल सञ्चालक दम्पतीले एक लाख रुपैयाँ सहयोग गरे

पोखरा । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि पोखराको म्याजेस्टिक लेकफ्रन्ट होटल एन्ड सुइट्सले एक लाख रुपैयाँ सहयोग गरेको छ। होटलका सञ्चालक सुनिलबहादुर भट्टराई र उनकी श्रीमती सन्षा हमाल भट्टराईको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो।

विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको होटल सञ्चालक सुनिलबहादुर भट्टराईलेबताए।

सिटीजन फनिच्रर

मुलुकले सामना गरिरहेको विपद्को कठिन घडीमा सबै नेपाली एकजुट भएर सहयोग र सहकार्य गर्नुपर्ने र रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएकाले प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने उनले बताए।

राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।

Pokhara learners