newa srijana

मर्दी हिमाल आरोहण गर्ने माछापुच्छ्रेका युवा सम्मानित

स्थानीय युवाको सामूहिक आरोहणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको ५ हजार ५८७ मिटर उचाइको मर्दी हिमाल सफलतापूर्वक आरोहण गर्ने स्थानीय युवालाई घाचोक–माछापुच्छ्रे–पोखरा सम्पर्क समाजले सम्मान गरेको छ।

गत साउनको अन्तिम साता माछापुच्छ्रे गाउँपालिका–१ का नारायण गुरुङ, नवीन गुरुङ, रामबहादुर परियार, किसान थापामगर र अर्जुन विक तथा वडा नम्बर ३ का क्षेत्रबहादुर गुरुङ र सुदीप तामाङले मर्दी हिमाल आरोहण गरेका थिए। उनीहरूसँगै म्याग्दीका खिम पाइजा र गोरखाका मनुमान गुरुङले पनि आरोहण गरेका थिए।

समाजका अध्यक्ष तोयनाथ बैरागी लम्साल, सल्लाहकार मिनराज लम्साललगायतले आरोहीलाई सम्मान गरेका हुन्। स्थानीय युवाले मर्दी हिमाल सफलतापूर्वक आरोहण गर्नु पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि भएको समाजले जनाएको छ।

सिटीजन फनिच्रर

आरोही क्षेत्रबहादुर गुरुङले आरोहणको सुरुआती चरणमा कठिनाइ भए पनि चुचुरोमा पुगेपछि छुट्टै अनुभव हुने बताए। मर्दी हिमाललाई हिमाल आरोहणको प्रशिक्षण केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए। सात हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्नुअघि मर्दीमा प्रशिक्षण लिन सके आरोहणका लागि सहज हुने उनको भनाइ छ।

समाजका अध्यक्ष लम्सालले मर्दी हिमालको सफल आरोहणबाट प्राप्त अनुभवले युवालाई आगामी दिनमा थप उचाइका हिमाल आरोहण गर्न प्रेरणा मिल्ने बताए। स्थानीय युवाको आरोहणले माछापुच्छ्रे क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने उनको भनाइ छ।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति विष्णु पोखरेल, समाजका उपाध्यक्ष चन्द्राज्यू ठकुरी, सचिव जगत गुरुङ तथा सदस्य दुर्गाबहादुर गुरुङलगायतको उपस्थिति थियो।

Pokhara learners