newa srijana

नेशनल प्याब्सन कास्कीको एकदिने कम्प्युटर तालिम

३० विद्यालयका कम्प्युटर शिक्षक सहभागी

पोखरा । नेशनल प्याब्सन कास्कीको आयोजनामा कम्प्युटर विषयका शिक्षकका लागि एकदिने तालिम सम्पन्न भएको छ। होटल ह्वाइट हाउस इन, लेकसाइडमा आयोजित तालिममा नेशनल प्याब्सनमा आबद्ध विभिन्न विद्यालयका ३० जना कम्प्युटर शिक्षक सहभागी थिए।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा भएको तालिममा कम्प्युटर विषयका लेखक विशाल राई सहजकर्ता तथा प्रशिक्षकका रूपमा सहभागी थिए। उनले शिक्षकको सिर्जनात्मक क्षमता विकासका लागि निरन्तर अभ्यास आवश्यक रहेको बताउँदै व्यवहारमुखी सिकाइ र विद्यार्थीकेन्द्रित शिक्षण पद्धतिमा जोड दिए।

सिटीजन फनिच्रर

कार्यक्रममा केन्द्रीय व्यवस्थापन समिति संयोजक कमल रानाभाटले शुभकामना मन्तव्य राखेका थिए। उपाध्यक्ष विकल पौडेलले स्वागत गरेका थिए।

नेशनल प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख तथा कोषाध्यक्ष कमल थापाले विद्यालय तहमा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउँदै आएको बताए। निकट भविष्यमा हुने नेपाली भाषा ज्ञानसम्बन्धी प्रतियोगितालाई लक्षित गरी केही दिनअघि नेपाली शिक्षकका लागि अभिमुखीकरण कार्यक्रमसमेत गरिएको उनले जानकारी दिए।

Pokhara learners