newa srijana

पोखराका युवा व्यवसायी कोइरालालाई ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’

व्यवसायसँगै सामाजिक क्षेत्रमा योगदान पुर्‍याएको भन्दै एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान

पोखरा । पोखराका युवा व्यवसायी प्रदीप कोइरालालाई ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’ अन्तर्गत ‘ज्वेलरी उद्यमशीलता उत्कृष्टता सम्मान’ प्रदान गरिएको छ।

सिजन मिडियाको आयोजनामा काठमाडौंमा सम्पन्न कार्यक्रममा कोइरालालाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले ट्रफी र सम्मानपत्र प्रदान गरेका हुन्। पोखरा बाराही ज्वेलर्सका प्रबन्ध निर्देशक कोइरालालाई व्यवसायमार्फत रोजगारी सिर्जना तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको आयोजकले जनाएको छ।

सन् २०१३ देखि सुन तथा गरगना व्यवसायमा सक्रिय कोइरालाको व्यवसायमा २४ जनाले प्रत्यक्ष रोजगारी पाउँदै आएका छन्। सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तका अनुसार व्यवसायसँगै रोजगारी सिर्जना, स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेको योगदानका आधारमा उनलाई सम्मान गरिएको हो।

Mountain run pokhara click
सिटीजन फनिच्रर

कोइरालाले फेवा डेन्टल क्लिनिकमार्फत दन्त स्वास्थ्य सेवा सञ्चालन गर्दै आएका छन्। आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी निःशुल्क दन्त उपचार तथा स्वास्थ्य शिविर सञ्चालनमा समेत सहयोग गर्दै आएको आयोजकले जनाएको छ।

मुगुको रारा क्षेत्रमा रहेको महादेव आधारभूत विद्यालयका विद्यार्थीलाई उनले हरेक वर्ष शैक्षिक सामग्री तथा आर्थिक सहयोग गर्दै आएका छन्। विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गर्नुका साथै पोखरा उपत्यकाका विभिन्न सार्वजनिक स्थानमा तीन वर्षदेखि निःशुल्क खानेपानीको व्यवस्था गर्दै आएको बताइएको छ।

सम्मानपछि कोइरालाले व्यवसायसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा थप जिम्मेवारीका साथ काम गर्ने बताएका छन्। ग्राहकको विश्वास कायम राख्दै व्यवसायको विकाससँगै समुदायप्रतिको जिम्मेवारीलाई निरन्तरता दिने उनको भनाइ छ।

सिजन मिडियाले आयोजना गरेको अवार्डको सातौँ संस्करणमा उद्योग, व्यवसाय, ऊर्जा, बैंकिङ, बीमा, पर्यटन, शिक्षा, पत्रकारिता, कला, उड्डयन, सामाजिक सेवा तथा उद्यमशीलतालगायत क्षेत्रमा योगदान पुर्‍याएका नेपाल तथा विभिन्न एसियाली मुलुकका व्यक्तित्वलाई सम्मान गरिएको थियो।

Rabin photo