newa srijana

उद्योगी व्यवसायीका समस्या समाधानमा परिणाममुखी सहकार्यमा जोड

सरकारी निकाय, उद्योग संघ र व्यवसायीबीच निरन्तर संवाद र समन्वय आवश्यक

पोखरा । उद्योगी व्यवसायीका साझा समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै परिणाममुखी काममा जोड दिनुपर्ने पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सौगात थापाले बताए।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघले आयोजना गरेको पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले औद्योगिक तथा व्यावसायिक क्षेत्रको विकासका लागि उद्योगी व्यवसायीबीचको एकता र सहकार्य आवश्यक रहेको बताए।

स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी उद्योगी व्यवसायीबीचको सम्बन्ध बलियो बनाउने र औद्योगिक विकासका लागि साझा योजना निर्माण गर्ने अवसरका रूपमा लिनुपर्ने उनले बताए।

Mountain run pokhara click

पोखरा औद्योगिक क्षेत्रले रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा स्थानीय अर्थतन्त्रमा योगदान दिँदै आएको उल्लेख गर्दै उद्योग सञ्चालनका क्रममा देखिएका चुनौती समाधान गर्न सामूहिक पहल आवश्यक रहेको उनले बताए।

औद्योगिक क्षेत्रमा पूर्वाधार विकास, बजार व्यवस्थापन, कर तथा नीतिगत जटिलताजस्ता समस्या उद्योगी व्यवसायीले भोग्दै आएको बताउँदै उनले समाधानका लागि सरकारी निकाय, उद्योग संघ र व्यवसायीबीच निरन्तर संवाद र समन्वय आवश्यक रहेको बताए।

सिटीजन फनिच्रर

पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षका रूपमा उद्योगी व्यवसायीका साझा समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने उनले बताए। औद्योगिक क्षेत्रको पूर्वाधार विकास, स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारी सिर्जना तथा नयाँ लगानीका अवसरका लागि सामूहिक पहल आवश्यक रहेको उनले बताए।

स्थानीय उत्पादन प्रवर्द्धन, रोजगारीका अवसर विस्तार तथा नयाँ लगानी आकर्षित गर्ने वातावरण निर्माणमा ध्यान दिनुपर्ने उनले बताए। उद्योग तथा व्यवसाय क्षेत्रको विकासले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले उद्योगी व्यवसायीका समस्या समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए।

उद्योगी व्यवसायीबीचको सहकार्यलाई औपचारिक कार्यक्रमहरूमा मात्र सीमित नराखी नियमित संवाद, साझा योजना र परिणाममुखी काममा रूपान्तरण गर्नुपर्ने उनले बताए। एउटा उद्योगको समस्या समाधान हुँदा त्यसको सकारात्मक प्रभाव समग्र अर्थतन्त्रमा पर्ने भएकाले उद्योगी व्यवसायीका समस्यालाई साझा समस्याका रूपमा लिएर समाधानका लागि एकताबद्ध हुनुपर्ने उनले बताए।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघसँग सहकार्य गर्दै औद्योगिक क्षेत्रको पूर्वाधार विकास, उद्योग सञ्चालनमा देखिएका समस्या समाधान, स्थानीय उत्पादनको प्रवर्द्धन तथा लगानीका नयाँ अवसर सिर्जनाका लागि सामूहिक पहल गरिने उनले बताए।

कार्यक्रममा पोखरा औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष रुद्रलाल श्रेष्ठले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शोभा गौतमसहित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई स्वागत गरेका थिए। कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीको सहभागिता थियो।

Rabin photo