newa srijana

टान गण्डकीको अध्यक्षमा तीर्थराज सुबेदी सर्वसम्मत

प्रथम उपाध्यक्षमा मोहनप्रसाद सुबेदी र सचिवमा भुपेन्द्रकुमार लामासहित ११ सदस्यीय कार्यसमिति चयन भएको छ।

पोखरा । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान गण्डकीको अध्यक्षमा तीर्थराज सुबेदी सर्वसम्मत चयन भएका छन्। टान गण्डकीको ३३औँ वार्षिक साधारणसभा तथा १९औँ अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

द्वितीय उपाध्यक्षमा गोपालकृष्ण संग्रौला, सहसचिवमा प्रकाश पौडेल र कोषाध्यक्षमा चन्द्रबहादुर भुजेल चयन भएका छन्। कार्यसमिति सदस्यमा बलराम दाहाल, भुपेन्द्र गौतम, अजयराज अधिकारी, शिव क्षेत्री र श्रीराम पोखरेल रहेका छन्।

उम्मेदवारको प्रथम नामावलीमाथि कसैले दाबीविरोध नगरेको र कसैले उम्मेदवारी फिर्ता नलिएकाले निर्वाचन समितिले सोही नामावली अन्तिम गरेको थियो।

सिटीजन फनिच्रर

पदमार्गको विकास, पर्यटक सुरक्षा, जोखिमयुक्त पदमार्गको पहिचान तथा विपद्पछि पर्यटन क्षेत्रको पुनःस्थापनामा जोड दिने नवनिर्वाचित अध्यक्ष तीर्थराज सुबेदीले बताए। नयाँ पदमार्गको पहिचान र विकासमा जोड दिँदै ट्रेकिङ म्यानेजमेन्ट इन्फर्मेशन सिस्टम टिम्सको प्रभावकारी कार्यान्वयन, पदमार्गको खोजी तथा प्रवर्द्धन, दुर्घटना न्यूनीकरण र गाइड तथा पोर्टरको सुरक्षित रोजगारीमा काम गर्ने उनले बताए।

टान गण्डकी गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा सक्रिय अग्रणी संस्थामध्ये एक हो। संस्थाले पछिल्लो समय दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको छ। साथै, नयाँ ट्रेकिङ गन्तव्यको पहिचान तथा प्रवर्द्धन, पदमार्गको संरक्षण र बिग्रिएका ट्रेकिङ रुटको मर्मतसम्भार पनि गर्दै आएको छ।

Rabin photo