newa srijana

पोखरामा बिएआइसी र आर्कफक्सको सोरुम

लक्ष्मी मोटर हबको नेतृत्वमा सञ्चालित सोरुममा हाइब्रिड एसयुभी र विद्युतीय कार बिक्रीमा रहने

पोखरा । बिएआइसी र आर्कफक्स ब्रान्डका गाडी बिक्री गर्न पोखरामा सोरुम उद्घाटन गरिएको छ। नेपालमा यी सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हबको नेतृत्वमा सोरुम सञ्चालनमा ल्याइएको हो।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र निर्देशक सुनिल श्रेष्ठले सोरुमको उद्घाटन गरे। उद्घाटनपछि अध्यक्ष श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ब्रान्ड र नयाँ सवारीमा नेपालको पहुँच विस्तार हुने बताए।

सिटीजन फनिच्रर

बिजेथ्रीजिरो इ (हाइब्रिड) को मूल्य १ करोड २५ लाख ९६ हजार रुपैयाँ रहेको छ। नेपालको भौगोलिक अवस्था र लामो दूरीको यात्रालाई लक्ष्य गरी तयार गरिएको यो हाइब्रिड एसयुभी कठिन तथा अप्ठ्यारो सडकमा पनि सहज यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसमा ६८५ एनएम टर्क उत्पादन गर्ने पावरट्रेन छ, जसको आउटपुट ३ हजार सीसी इन्जिन बराबर हुन्छ। फोर–ह्वील ड्राइभ भएको यो एसयुभीले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.९ सेकेन्डमा हासिल गर्न सक्छ र प्रतिलिटर २० किलोमिटर माइलेज दिन्छ।

३७ लाख ९६ हजार रुपैयाँ मूल्यको आर्कफक्स टिवन बिएआइसीको प्रिमियम विद्युतीय सवारी ब्रान्ड आर्कफक्स अन्तर्गतको विद्युतीय सवारी हो। यसमा ७० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ४२.३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ। एकपटकको चार्जमा ३१० किलोमिटरसम्म दूरी तय गर्ने र ३ हजार ५०० पटक चार्ज गरिसक्दा पनि ब्याट्रीको स्वास्थ्य क्षमता ८५ प्रतिशत कायम रहने कम्पनीले जनाएको छ। कारमा काल्ब कम्पनीको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ।

रुपा गाउँ पालिका