barahi

अन्नपुर्ण बचत तथा ऋण सहकारिको १३ औं साधारण सभा सम्पन्न

 

पोखरा ।

अन्नपुर्ण बचत तथा ऋण सहकारि संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भयो उक्त कार्यक्रममा प्रमुख अतिथि अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसी ले अहिलेको परिवेशमा सहकारिलाई बलियो बनाउन पर्ने सहकारिमा राखेको रकमलाई सुरक्षीत र सहि परिचालन गरी सेयर सदस्यको मनोवललाई उच्च राखी सजग भएर लगानी गर्नु पर्ने सुझाब दिनु भयो । सहकारिहरु धेरै भए अनुगमन गर्न पनि गाह्रो छ त्यसैले सहकारिहरु एक अर्कासँग मर्जर हुन जरुरि भएको उहाको भनाई थियो । समाज बाट स्थापना भएको यस संस्थाले सामाजिक क्रियाकलाप र जनताको अर्थिक गुणस्तर वढाउन पालिकाले खेल्नु पर्ने भुमिकामा कुनै कसर नराखी हातेमालो गरेर अगाडि बढ्ने बचन दिनु भयो ।

Sadak 1

कार्यक्रममा विशेष अतिथि संबिधान सभा सदस्य दुर्गा बिक , पुर्व जिबिस सभापति पुण्य प्रसाद पौडेल,अन्नपुर्ण गाँउपाननलिकाका उपाध्यक्ष चन्द्राकला देवकोटा अधिकारी , अन्नपुर्ण गाँउपालिका वडा नं २ का अध्यक्ष पिताम्वर भण्डारि ,अन्नपुर्ण बचत तथा ऋण सहकारिका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल, सल्लाहाकार कुल बहादुर गुरुङ कुलु , ढिकुरपोखरी समाज पोखराका अध्यक्ष सोमनाथ पौडेल , पुर्व लेखा संयोजक टिकाराम अधिकारी, सम्मानित ब्यक्तिको तर्फ बाट अन्नपुर्ण गाँउपालिकाका वडा नं ३ का वडा सदस्य कृष्ण प्रसाद पौडेल,सेयर सदस्य रमा पौडेलले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष ईन्द्र प्रसाद पौडेल,सचिव बाबुराम भण्डारि, कोपाध्यक्ष सरिता सुबेदि भण्डारि र लेखा समिति संयोजक जनक पौडेलले आ आफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

२०६८ सालमा स्थापना भएको सहकारिले छोटो समयमानै समाजलाई आर्थिक , सामाजिक र सास्कृतिक परिवर्तन गर्न सफल भएको छ । संस्थाको सेयरपँुजी ३ करोड ५७ लाख ८० हजार रहेको छ भने ऋण लगानी १३ करोड ८९ लाख ८८ हजार ९ सय ६५ ,  निक्षेप संकलन १२ करोड ७० लाख ९० हजार ६ सय ५३ , र बैँक मौज्दात ५ करोड ५३ लाख ६१ हजार एक सय ६५ रहेको छ ।

साधारण सभामा अंग्रेजी बिषयमा विद्या बारिधि गर्नुभएका सेयर सदस्य डा हरिश्चन्द्र भण्डारीलाई सम्मान गरेको थियो भने अन्य बिभिन्न बिधाहरूमा सदस्यलाई पनि सम्मान गरेको थियो जसमा जेष्ठ शेयर सदस्य तर्फ लक्ष्मि प्रसाद पौडल, धन बहादुर कुँवर क्षेत्री र माधव प्रसाद पराजुली सम्मानित हुनु भएको थियो भने असल कारोबार तर्फ चेतनाथ अधिकारी, गिता देवि गुरूङ, कृष्ण प्रसाद पौडेल, रिना श्रेष्ठ, शान्ति गुरूङ, पुर्ण प्रसाद भण्डारी , गोबिन्द अधिकारी र शावित्री शर्मा सुवेदि सम्मानित हुनु भयो त्यस्तै बर्प उत्कृष्ट कर्मचारी तर्फ सगर अधिकारी र दजिना पाइजा सम्मानित हुनु भयोे ।

समाजका आजिवन सदस्यद्वय लोक दोहोरि प्रतिष्ठान कास्कीका निवर्तमान अध्यक्ष टेक बहादुर क्षेत्री र कलाकार भानुभक्त पौडेलले गितको माध्यम बाट सबै सेयर सदस्यहरुलाई मनोरन्जन गराउनु भयो ।

साधारण सभाको  अध्यक्षता संस्थाका अध्यक्ष ईन्द्र प्रसाद पौडेलले गर्नुभएको थियो स्वागत मन्तव्य कार्यक्रम संयोजक एवं संस्थाका उपाध्यक्ष मनपति अधिकारीले र संस्थाका सह सचिव लक्ष्मी अधिकारिले सहकारिका सात सिद्धान्त वाचन गर्नुभयो भने कार्यक्रम संचलन संस्थाका सचिव बाबुराम भण्डारीले गर्नु भयो ।

                

 

Leave A Reply

Your email address will not be published.